काठमाडौं विद्युतीय व्यवसायी संघको सोह्रौं वार्षिक साधारण सभा

श्रीमान् सदस्यज्यू, काठमाडौं विद्युतीय व्यवसायी संघ काठमाडौं । विषयः संघको सोह्रौं वार्षिक साधारण सभाको सूचना । महोदय, उपरोक्त विषयमा यस काठमाडौं विद्युतीय व्यवसायी संघको कार्यकारिणी समितिको मिति २०८२ साल पुष ११ गते शुक्रबार सम्पन्न नियमित चौधौं बैठकको निर्णयानुसार संघको सोह्रौं वार्षिक साधारण सभा देहायबमोजिम आयोजना गरिने भएकाले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । तपसिल कार्यक्रमः काठमाडौं विद्युतीय व्यवसायी संघको सोह्रौं वार्षिक साधारण सभा मितिः २०८२ साल माघ १७ गते, शनिबार समयः विहान ११ः०५ बजे देखि स्थानः सूर्य इभेन्ट, धुम्बाराही, चावहिल, काठमाडौं समुद्घाटन सत्रका कार्यक्रमहरूः १. अध्यक्ष श्री मिलन शिवाकोटीज्यूबाट स्वागत मन्तव्य २. प्रमुख अतिथिज्यूबाट संघको सोह्रौं वार्षिक साधारण सभाको समुद्घाटन ३. अतिथिज्यूहरूबाट मन्तव्य ४. विद्युत स्मारिका विमोचन । ५. कदर तथा सम्मान पत्र वितरण ६. प्रमुख अतिथिज्यूबाट सभालाई सम्बोधन ७. उपाध्यक्ष एवं संयोजक श्री श्रीलाल श्रेष्ठज्यूबाट धन्यवाद ज्ञापन बन्द सत्रका कार्यक्रमहरूः १. सचिवद्वारा सभामा कोरमको जानकारी २. अध्यक्ष श्री मिलन शिवाकोटीज्यूबाट सभालाई सम्बोधन, सो उपर छलफल तथा अनुमोदन ३. SEE मा A+ ल्याई उत्तीर्ण भएका सदस्यज्यूहरूका छोरा–छोरीहरूलाई सम्मान गर्ने कार्यक्रम ४. सचिव श्री रेवती रमण पौडेलज्यूबाट संघको वार्षिक प्रतिवेदन प्रस्तुत, सो उपर छलफल तथा अनुमोदन ५. कोषाध्यक्ष श्री अन्जन तिमल्सिनाज्यूबाट आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत, सो उपर छलफल तथा अनुमोदन ६. आर्थिक वर्ष २०८२/०८३ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने ७. संघको विधान संशोधन सम्बन्धमा छलफल ८. साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने दुई (२) जना प्रतिनिधि चयन ९. विविध १०. सभापति/अध्यक्षज्यूद्वारा समापन मन्तव्य तथा धन्यवाद ज्ञापन रात्रिभोजः बन्द सत्रको समापन पश्चात् ।

Published By: KEEA 16th AGM

Published On: Nov 29, 2024, 08:19:55 AM * 5

Recent News
Whatapp Image